रुपाहिल दोहोरी साँझको तेस्रो वाषिकोत्सवमा राष्ट्रिय कलाकारहरुको जमघट
पाेखरा | भदौ १९, २०७९
पोखरा : पोखराको चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव मनाउने भएको छ ।
भोली (सोमबार) देखि आगामी २४ सम्म राष्ट्रिय कलाकारहरुको साथमा सांगीतिक माहौलसँग वार्षिकोत्सव मनाउने तुम कलाकार संघ गण्डकीका अध्यक्ष समेत रहेका गायक गायक सुरेन्द्र गुरुङले जानकारी दिए ।
उनका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ ।
भोलिदेखि सुुरु हुने सांगीतिक साँझमा २० गते भागिरथ चलाउने, २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्ति मगर, २३ गते शिला आले मगर र २४ गते चन्द्र शर्मा लगायत सुरेन्द्र गुरुङ, असु गुरुङ लगायत रुपाहिल दोहोरी साँझका नियमित कलाकारहरुको बेजोड प्रस्तुती रहने दोहोरी साँझका सञ्चालकले अमृत गुरुङले जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

